प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल कांग्रेसमा जाने गम्भीर आरोप लगाएका छन् ।

बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा उनले आफूले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नराख्ने जिकिर समेत गरेका छन् ।

‘माधव नेपाल भन्ने एकजना छन् काँग्रेसको पछाडी कुद्ने सवैले चिन्छन् । किनभने असाध्यै चर्चा भइरहेको छ । यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहेछ’, उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ।’

उनले नेता नेपाललाई देउवाकै कार्यकर्ता हुनसक्ने भन्दै नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता भएको समेत बताए । ‘मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरे रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ? आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्’, ओलीको भनाई छ । उनले काँग्रेस के कारण आन्दोलनमा उत्रिएको भन्दै प्रश्न समेत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार