
सन् १८३८–१९४२ सम्म भएको अफगानिस्तान–अफिम युद्ध र सन् १९९७ सम्मका लागि हङकङलाई लन्डनले अवलम्बन गरेको आधारमा सीपीसीको ध्यान बेलायतमा केन्द्रित भएको थियो । बेलायतको मुख्य रणनीतिक सम्पत्ति हासिल गर्ने सीपीसी मुख्य लक्ष्य हो ।
सन् २०२१ मे देखि बेलायतमा चीनले आफ्नो पकड बनाइरहेको दखिन्छ । चीनका लगानीकर्ताहरुले बेलायतका व्यवसाय, पूर्वाधार, सम्पत्ति र अन्य सम्पत्तिहरु लगायतमा आफ्नो १३५ अर्ब पाउन्डको लगानी गरेको कारण चीनले कसरी बेलायतलाई खरिद गर्न सक्षम भएको दर्शाउँछ । चीनले योसम्म गर्यो कि बेलायतमा किन्नै नसक्ने राज्यहरुको स्वामित्वलाई खरिद गरेर देखायो । यसमा चीनका ८० देखि २०० लगानीकर्ताहरु समावेश छन् ।
यी सबमा लगानी गर्नेहरु पिएलए र सीपीसीका लिंकमा रहेका खुलेको छ । त्यसपश्चात चीन र बेलायतको सम्बन्ध तनावग्रस्त हुन थालेको थियो । यी सामान्य विषय थिएन यसमा बलायतका महत्वपूर्ण पूर्वाधार जस्तै थेम्स वाटर, युके पावर नेटवर्क, हिथ्रो एयरपार्टहरु समावेश थिए । चीनले आफ्नो लगानीको फैलावटलाई निरन्तर उचाइ दिँदै गयो । यसमा निजी विद्यालय र बेलायतका महत्वपूर्ण सम्पत्तिहरुसमेत थियो । “बेलायतको कमजोर नियमले चीनलाई बेलायती आणविक ऊर्जा, तेल, इस्पात, पानी र यातायातमा उल्लेखनीय लिनको लागि अनुमति दियो ।” पूर्वी एसियाली चीनले हाम्रो इतिहासका पुस्ताहरुको पुरानो ‘इस्ट इन्डिया कम्पनी’ सित बदला लिइरहेको थियो ।
सीपीसीले लन्डनलाई आर्थिक/व्यापारिक आक्रमण गरिरहेको स्पष्ट चेतावनी थियो । “चिनियाँहरु आउँदैछन्“ अब नारा होइन, वास्तवमा के हो “चिनियाँ सबै कुनामा पुगेका छन् ।’’ विश्वका सबै राष्ट्रहरूले खतराका संकेतहरू ध्यान दिएर हेर्नुपर्दछ किनकि खतरा वास्तविक छ । र, धेरै राष्ट्रहर ब्यूँझन थालेका छन् र आफूलाई “चाइना भाइरस“ बाट बचाउनको लागि कदम चाल्न शुरू गरेका छन् ।
स्वास्थ्यदेखि जलविज्ञान, वाणिज्य, उद्योग, टेक्नोलोजी, र अन्य धेरैमा चीनको पकड स्पष्ट छ । “समग्र युद्ध“ सुरु भएको छ र यो सीपीसीले कल्पना गरेको तरिका होइन । बेल्ट र रोड पहल विदेशीहरूको लागी यति आकर्षक देखिँदैन । तर, ‘बेइजिङका सम्राट’ सीको महान योजनाहरू खतरा बनिरहेको छ र उनले चीनलाई एक “प्यारो“ राष्ट्र बनाउन निरन्तर प्रयास गरिरहेका छन् ।
अभिजित भट्टाचार्यको यो विचार एशिया एजबाट अनुवाद गरिएको लेखको सानो अंश हो । उनी चाइना इन इन्डिया पुस्तकका लेखक पनि हुन् ।







