
FILE – This combination of file photos provided by the North Korean government, shows North Korean leader Kim Jong Un at Workers’ Party meetings in Pyongyang, North Korea, on Feb. 8, 2021, left, and June 15, 2021. North Korean state TV has cited an unidentified resident as saying that citizens are heartbroken because of leader Kim’s “emaciated looks.” The comments are a rare acknowledgement of outside speculation that Kim has recently lost a considerable about of weight. Independent journalists were not given access to cover the event depicted in this image distributed by the North Korean government. The content of this image is as provided and cannot be independently verified. (Korean Central News Agency/Korea News Service via AP, File)
उत्तर कोरियाको राष्ट्रिय संचारले शुक्रबार एक आश्चर्यजनक रिपोर्ट प्रस्तुत गरेको छ । जसमा राजधानी प्योङयोङका एक वासिन्दालाई उद्धृत गर्दै राष्ट्र प्रमुख किम जोङ उनको तौल घट्दा सबै नागरिक दुःखी भएको बताइएको छ । किमले उपस्थिति जनाएको हालैको बैठकको भिडियो देखाएर यो खबर प्रशारण गरिएको हो ।
किमको स्वास्थ्य सम्बन्धी यस किसिमको रिपोर्ट एकदम दुर्लभ मानिन्छ । तर, यसअघि अन्य विदेशी विश्लेषकहरुले पनि अन्दाजी ३७ वर्षीय किमको तौल उल्लेखनीय रुपमा घटेको सम्बन्धी चर्चा गरेका थिए । शुक्रबार प्रशारण गरिएको अन्तर्वार्तामा ती प्योङयोङ वासिन्दाले भनेका छन्, “हाम्रा सम्मानित जेनेरल (किम जोङ उन) दुब्लाएको देख्दा हाम्रा सबै नागरिकको अत्यन्तै चित्त दुखेको छ । सबैले उनलाई देखेर आँखामा आँसु नै आएको बताइरहेका छन् ।”
यो प्रशारण प्योङयोङका सडकमा जडित ठूला स्क्रिनहरुमा पनि देखाइएको थियो र त्यहाँका वासिन्दाहरुले उभिएर हेरिरहेको पनि देखिएको थियो । यसमा किमको के कारणले तौल घटेको हो भन्नेबारे चाहिँ विस्तृतमा बताइएको छैन ।
यो महिना किम राष्ट्रिय मिडियासामु लामो समयपछि पहिलोपटक देखा परेका थिए । दक्षिण कोरियाको राजधानी सिओलमा आधारित उत्तर कोरियाको निरीक्षण गर्ने वेबसाइटले बताए अनुसार हालैका उपस्थितिहरुमा किमले हातमा लगाएको घडी पहिलेभन्दा कसिलोगरी बाँधिएको थियो जसले उनको पातलो नाँडी प्रष्ट देखाएको छ ।
उनले बैठकमा बोलिरहेको फेब्रुअरी र जुनको भिडियो हेर्दा पनि तुलनात्मक रुपमा उनको तौल कम भएको देख्न सकिन्छ ।
उत्तर कोरियामा बलियो पकड बनाइ राखेका किमका सम्भावित उत्तरकाधिकारी सम्बन्धी हालसम्म कुनै जानकारी प्राप्त नभएको हुँदा अन्तर्राष्ट्रिय मिडिया र विश्वविद्हरुले उनको स्वास्थ्य नजिकबाट अवलोकन गरिरहेका छन् । अघिल्लो वर्ष पनि किमले देशका संस्थापक किम इल सङको जन्म वार्षिकोत्सवमा पहिलोपटक सहभागिता नजनाउनुले उनको स्वास्थ्य बिग्रिएको हुन सक्ने संकेत उत्पन्न गराएको थियो ।
त्यस्तै २०१४ मा पनि किम लामो समयसम्म सार्वजानिक रुपमा देखा नपरेपछि राष्ट्रिय संचारले उनको अवस्था ‘असहज’ भएको रिपोर्ट गरेको थियो ।
रोएटर्स







