नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । आज बैठक बसी आयोजक कमिटी खारेजीको घोषणा भएको हो ।

पुरानै केन्द्रीय कमिटी सक्रिय हुने गरी स्थायी कमिटीमा ८ नेता थपिएका छन् । थपिएकामा पूर्वमाओवादीका ४ समेत छन् ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुषाल रघुजी पन्त, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्य बनाइएको जानकारी दिएका हुन् ।

महासेठ र रिमाल ओली खेमाका हुन् । भुषाल र पन्त नेपाल समूहका हुन् । बादल, रायमाझी, भट्ट र थापा पूर्वमाओवादी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार