
कांग्रेस, माओवादी केन्द्रलगायत पार्टी निकट विद्यार्थीहरुले छापामार शैलीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।
नेविसंघ, अखिल (क्रान्तिकारी) लगायत पाँच विद्यार्थी संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनकाविरुद्ध तथा संसद् पुनस्स्थापनाको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरूले देशका ७७ जिल्लामा प्रदर्शन गरेका छन् ।
यसै क्रममा नेविसंघले काठमाडौँको चावाहिलस्थीत पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा बिधार्थीहरुले सरकार बिरोधी नारा लगाएका थिए ।
यसअघि विद्यार्थीले सरकारको कामकारवाहीको विरोधमा आन्दोलनको घोषणा गरेको थियो ।







