
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम केपी ओली समुहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।
आज बालुवाटारमा बोलाइएको बैठकमा उनी जान लागेका हुन् ।
उनका स्वकीयसचिव दीपक टमटाले गौतम बैठकमा सहभागी हुने जानकारी दिए । बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ ।
खनाल–नेपाल समूहले भने बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।







