पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले लागेर २ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै पहिरोले ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् । खड्का अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देवीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो ।

पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार