चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दैछ ।

‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ ।

यो शिखर सम्मेलनको विषय रहेको जनताको हितका लागिस् राजनीतिक दलहरूको उत्तरदायित्व । शिखर सम्मेलनमा १६० भन्दा बढी देशका राजनीतिक दल र राजनीतिक संगठनका ५०० भन्दा बढी नेताहरू र १०,००० भन्दा बढी पार्टी प्रतिनिधिहरू सहभागी हुनेछन्।

यो कार्यक्रम नेपाली समयअनुसार मंगलबार साँझ ६ बजेपछि सुरु हुने छ । भर्चुअल कार्यक्रममा नेपालबाट एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी हुने छन् ।

चीनले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रुपमा मनाइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार