
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बाजुरा कारागार करिव १८ महिनादेखि बन्दि जीवन बिताइरहेका ओलीसहितका १४ जना नेता तथा कार्यकर्तालाई सर्बोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको हो ।
नेकपाको न्याय विभाग प्रमुखसमेत रहेका वलीसहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि जिल्ला अदालत बाजुराले कारागार पठाएको थियो ।
सर्वोच्च अदालतमा बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुङ्गानाले बहस गरेका थिए ।
रिहा हुनेहरूमा रोल्पाको गंगादेव गाउँपालिका ३ का चुडामणि ओली ‘आदर्श’, बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका १ की किर विक, अस्मिता विक।, सुस्मिता विक, अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं. २ की कमला विक रहेका छन् ।
त्यसैगरी बझाङ मस्टा गाउँपालिका १ की सृष्टि सिंह, अछाम ढकारी गाउँपालिका २ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका १ का धर्मराज सुनार, बाजुरा हिमाली गाउँपालिका १ का अम्मलाल थापा र धर्मबहादुर थापा रहेका छन् ।
एउटैं समयमा एकैं ठाउँबाट गिरफ्तार गरिएकामध्ये धर्मसिंह बोहरा र कुष्ण बिकलाई भने सर्वोच्चले रिहाको आदेश दिएको छैन ।







