
पार्टीको केन्द्रीय नीतिअनुसार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्युठानमा कृर्षि उत्पादनमा जोड दिएको छ ।
विप्लव नेकपाका नेता कार्यकर्ताहरु कृर्षि उत्पादनमा लागेका हुन् । नेकपाको हालैं सम्पन्न जिल्ला समिति बैंठकले कृर्षि उत्पदनसँगैं अन्य आर्थिक उत्पादनतिर पनि जोड दिने भएको छ ।
पार्टीको पछिल्लो निर्णयअनुसार जिल्लामा कागती, सुन्तला र तरकारी खेतीका साथैं व्यवस्थित माछा पालनतिर पनि जोड दिएको बुझिएको छ ।
नेकपा जिल्ला सदस्य हरि बस्नेतका अनुसार प्युठानको माण्डवी गाउँपालिकाअन्तर्गत उदयरपुरकोटमा कागती र सुन्तलाका करिब ७ सय बोट रोपिएको छ ।
खेर गएका जग्गालाई भाडामा लिएर कृर्षि उत्पादनमा जोड दिएको नेकपा प्युठानका नेता बस्नेतको भनाई छ ।
क्रान्तिकारीहरु राजनीतिक क्रान्तिसँगैं उत्पादनको क्रान्तिमा पनि उत्तिैकैं सक्षम हुन्छन् भन्ने विप्लव नेकपाको देशभरिको उत्पादनमा जोडिएको कामहरुले देखाएको छ ।







