म गरिब छु तर म अत्यन्तै खुशी छु
साँझ र बिहान सधैं काममा मस्त छु

म गरिब छु आडम्बर क्रोधबाट टाढा छु
ढिडो र गुन्दु्रक खान पाएकोमा स्वस्थ छु

म गरिब छु प्रकृतिसँग सधैं रमाउँछु
खाली खुट्टाले जमिन टेकी हिड्दा पनि प्रसन्न छु

म गरिब छु तर म स्वाभिमानी छु
छोरा छोरीहरु पनि इमान्दार पाएको छु

म गरिब छु म श्रममा अत्यन्तै रमाउँछु
श्रम र सिपलाई इश्वरको वरदान सम्झन्छु

म गरिब छु बिरामी हुँदा सरकारी अस्पताल धाउँछु
छोराछोरीलाई सरकारी स्कुलमा शिक्षा दिलाउँछु

म गरिब छु देशको अवस्थामा चिन्तित छु
दलाल पुँजीपतीहरुले राज्यको दोहनमा आक्रोशित छु

म गरिब छु श्रमजीवी पार्टीलाई भोट दिन्छु
श्रमजीवी पार्टी सरकारमा पुगेपछि बिगे्रकोमा दुखित छु

म गरिब छु गरिब भएकोले कम्युनिस्ट छु
नेपाली मोडलको वर्गसंघर्ष अहिले धिमा देख्छु

म गरिब छु, समाजवादमा सधैं विश्वास गर्छु
कम्युनिस्ट नेताको काम चाहिँ पुँजीपतीको संरक्षण देख्छु

म गरिब छु कम्युनिस्ट नेतृत्व दुषित बनेको देख्छु
नेताको राँजसी ठाट सामन्ती चिन्तनबाट पिरोलिन्छु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार