केही पश्चिमा ठूला मिडियाले क्युबामा सरकार विरोधी प्रदर्शनलाई ठूलो देखाउन गलत फोटो छाप्न थालेको खुलासा भएको छ ।

अमेरिकाको सीएनएनले मियामीको प्रदर्शनलाई क्युबाको सरकार विरोधी प्रदर्शनको फोटोको ठाउँमा प्रस्तुत गर्न थालेपछि सबै चकित हुन थालेका छन् ।

एपीका फोटोपत्रकार एलियाना अपोन्टेले आइतबार सरकार समर्थकहरूको प्रदर्शनको फोटो खिचेका थिए । त्यो फोटोलाई पश्चिमका कर्पोरेट मिडियाले क्युबामा आन्दोलनको फोटो भनी छापेका छन् ।

गार्डियन, फक्स न्युज, फिनान्सियल टाइम्स, न्युयोर्क टाइम्स, वासिंटन टाइम्स र भोइस अफ अमेरिका समेतमा गलत फोटो छापिएका छन् ।

ग्रेजोनका पत्रकार बेन नोर्टन र मिन्टप्रेस न्युजका एलन म्यकलिओडले यस्ता गलत फोटोको विषयमा गल्ती औंल्याएका छन् । एपीका ओरिजनल फोटो क्याप्सनले धेरै मिडियाका गल्तीलाई दर्शाएको छ ।

दुवै पत्रकारहरूले प्रदर्शकारीहरूले उठाएका रातो र कालो झण्डा भएको फोटोमा २६ जुलियो पढिएको औंल्याएका छन् ।

यो फिडेल क्यास्ट्रोको जुलाइ आन्दोलनको २६जुलाईको सन्दर्भको फोटो हो ।

फिडेल क्यास्ट्रोज ट्वेन्टी सिक्स्थ अफ जुलाई मुभमेन्ट नामक संगठनले क्युबाली क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको थियो । यो दुई रंगको झण्डा क्युबा कम्युनिस्ट क्रान्तिको समर्थनको साझा रंग बनेर आएको थियो ।

गल्ती गर्ने माथिका मिडियाहरू मध्ये अहिलेम्म गार्डियनले भूलसुधार गरेको छ । सरकार विरोधी प्रदर्शनमा देखिएका प्रदर्शनकारीहरू वास्तवमा सरकार समर्थकहरूको तस्विर भएको भनी गार्डियनले भूलसुधार गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार