
विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन २ वर्ष लामो जेल बसेर रिहा भएका छन् ।
आज सर्वोच्च अदालतले नेता सुदर्शनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधिस प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजालासले साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।
ओली सरकारसँग विप्लव नेकपाले गरेको सहमतिअनुसार नेकपाका सबैं नेता कार्यकर्ता रिहा हुने भनिएपनि नभएपछि ओली सरकारले आलोचना भोग्दै आएको थियो ।
ओली सरकारको बर्हिगमन र माओवादी केन्द्रसहितको समर्थनमा बनेको नयाँ सरकारमा शेर बहादुर देउवाको आगमनसँगै नेता सुदर्शन रिहा भएका हुन् ।
नेता सुदर्शन रिहा भएपछि नयाँ सरकारको यो कदमलाई सकारात्मक रुपमा लिने गरिएको छ ।







