पिपुल्स पार्टीका अध्यक्ष तथा चीन विज्ञ दिनेश खनालले विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई अस्पतालमा भेटेर स्वास्थ्यको कामना गरेका छन् ।

हिजोमात्र सर्वोच्च अदालतले नेकपाका नेता सुदर्शनलाई रिहा गर्न आदेश दिएको थियो । उनी दुई वर्षदेखि नख्खु जेलमा थिए ।

एक हप्तादेखि गंगालाल अस्पतालमा उपचार गराइरहेका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई चीन विज्ञ खनालले जेलबाट रिहा भएपछि बधाई तथा शुभकामना समेत दिएका हुन् ।

ओली सरकारसँग विप्लव नेकपाले गरेको सहमतिअनुसार नेकपाका सबैं नेता कार्यकर्ता रिहा हुने भनिएपनि नभएपछि ओली सरकारले आलोचना भोग्दै आएको थियो ।

ओली सरकारको बर्हिगमन र माओवादी केन्द्रसहितको समर्थनमा बनेको नयाँ सरकारमा शेर बहादुर देउवाको आगमनसँगै नेता सुदर्शन रिहा भएका हुन् ।

नेता सुदर्शन रिहा भएपछि नयाँ सरकारको यो कदमलाई सकारात्मक रुपमा लिने गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार