
दुई वर्ष लामो जेल जीवन बिताएर खुला भएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओली सुदर्शनले अहिलेको जेल भनेको खराब देशमा असल मान्छेहरू बस्ने ठाउँ भएको बताएका छन् ।
सर्वोच्चको आदेशपछि आज मात्रै खुला हुनु भएका नेता सुदर्शनलाई नेकपा काठमाडौंले गरेको सार्वजनिक स्वागत कार्यक्रम गरिएको थियो ।
सोही कार्यक्रममा बोल्दै नेता सुदर्शनले जेल बसेर अाउँदा आफुले ठूलो कष्ट सहेर दिव्यास्त्र प्राप्त गरेको बताए ।
राम्रो काम गर्नेहरु सबैलाई जेलमा राखेर यातना दिने गरिने भन्दै उनले आफु झन् बलियो बनेर फर्केको दाबी गरे ।
महाभारतमा पाँच पाण्डवहरू पनि जंगलमा बसेर ठूलो त्याग गरेका कारण उनीहरूले युद्ध जितेको भन्दै नेता सुदर्शनले आफुहरुले पनि एकीकृत जनक्रान्तिमा जित हासिल गर्ने ठोकुवा गरे ।
अहिले देशका सबै दलहरु दलाल भइसकेको भन्दै आफ्नो पार्टी मात्र वास्तविक पार्टी भएको सुदर्शनको दाबी थियो ।








