
भनेपछि व्यवस्था र संविधान परिवर्तनका लागि सहकार्य गरौं र मिलेर जाऔं भन्ने कुरा यहाँहरूले गरिरहनु भएको छ ?
हो । हाम्रो कुरा त्यो हो । सबै राजनीतिक पार्टीहरूले सहकार्य गरौं, मिलेर जाऔं । सबै मिलेर प्रगतिशील संयुक्त सरकार बनाऔं । अनि जनताले कस्तो प्रकारको व्यवस्था छान्न चाहन्छन् त्यसको निम्ति जनमत संग्रह गरौं भन्ने हाम्रो कुरा हो । वैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने हाम्रो कुरा हो । जसले देशका राजनीतिक, आर्थिक र सामाजिक समस्याहरू निराकरण गर्न सक्छ । नयाँ प्रकारको समाज निर्माण गर्ने दिशातिर जाऔं भन्ने कुरा हो ।
यहाँहरूको भेटघाट पनि एक पक्षीय जस्तो देखिन्छ । पूर्वमाओवादी अथवा कम्युनिष्ट केन्द्रित छ । माधव नेपाललाई एक पटक भेट्नु भयो । प्रचण्ड र बाबुरामलाई त पछिल्लो समय दुई-दुई पटक भेटिसक्नु भयो । यसको संकेत के हो ?
तत्काल त तीन बुँदेकै कुरा हो । यसलाई कार्यान्वयन गरौं भन्ने नै हो । दोस्रो कुरा हामीले चाहेको बृहत् कम्युनिष्ट एकता हो । त्यो भनेको पूर्व माओवादी या एमालेको कुरा होइन । नयाँ एजेण्डा, नयाँ धरातलमा, भविष्यको निम्ति, नयाँ कोर्स दिनको निम्ति बृृहत कम्युनिष्ट एकता गरौं भन्ने हाम्रो कुरा छ पार्टीको एजेण्डाका हिसाबले । तर, त्यो एजेण्डामा हामीले छलफल चलाएका छैनौँ । बहसमा पुग्या छैनौं । तीन बुँदे कार्यान्व्यन नै हाम्रो छलफलको मुख्य विषय हो ।
तर, अहिलेकै छलफलमा कम्युनिष्ट एकता वा पूर्व माओवादी एकताका विषयमा पनि कुरा भएको भनेर विवरणहरू त आए ?
त्यस्तो छैन । उहाँहरूले पनि कुनै प्रस्ताव गर्नु भएको छैन । हामीले पनि छैनौं । देशको राजनीतिक समस्याको निकास कसरी दिने त्यो विषयमा छलफल गरौं मात्रै भनेका छौं ।
बृहत कम्युनिष्ट एकताको कुरा गर्दा त्यसमा अटाउन सक्ने अहिलेका संसदवादी दलहरू कुन-कुन हुन् ?
प्रगतीशील संयुक्त सरकारमा त परिवर्तनका निम्ति जो तयार हुन्छ त्यो सबै अट्ने हुन्छ । बृहत कम्युनिष्ट एकताको सन्दर्भमा नेपालमा समाजवाद स्थापनाको निम्ति सबै कम्युनियट एक ठाउँमा लागौ न त भन्ने हाम्रो कुरा हो ।
इकागज अनलाइनसँग गरिएको कुराकानीको सानो अंश ।







