
झण्डैं दुई वर्ष लामो जेल बसेर फर्केका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली आदर्शलाई महासचिव विप्लवले स्वागत गरेका छन् ।
सर्वोच्च अदालतको आदेशमा एक हप्ताअघि रिहा भइसकेका नेकपा केन्द्रीय सदस्य आदर्श बाजुरा जेलबाट रिहा भएका हुन् ।
बाजुराबाट हालै मात्र काठमाडौं फर्केका नेता आदर्शलाई महासचिव विप्लवले काठमाडौंमा स्वागत गरेका हुन् ।
ओली सरकार र विप्लव नेकपाबीच सहमतिपछि प्रतिवन्ध फिर्ता भइसकेपछि धेरैं नेता कार्यकर्ताहरु रिहा भएपनि अझैं दर्जनौं नेता कार्यकर्ता जेलमैं छन् ।
हिजोमात्र नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओली सुदर्शन पनि खुला भइसकेका छन् ।
अझैं नेकपाका केन्द्रीय सदस्य भरत बम रणवीरलगायत कयौं नेता कार्यकर्ता जेलमा रहेका छन् ।
ती सबैं नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेकपाले नयाँ सरकारसँग आग्रह गरेको छ ।







