
आफ्नो राजनीतिक भेटघाटलाई निरन्तरता दिने क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणलाई भेट गरेका छन् ।
वैद्यसँगको भेटमा महासचिव विप्लवले क्रान्तिकारी ध्रुवीकरण, रणनीतिक संयुक्त मोर्चा र समसामयिक राजनीतिक बिषयमा गंभीर छलफल गरेको नेकपा सचिवालयले जनाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा महासचिव विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।
उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एमाले०का वरिष्ठ नेता माधकुमार नेपाललगायतसँग भेटघाट गरिसकेका छन् ।
महासचिव विप्लवका राजनीतिक भेटघाट अझैं केही समय चल्ने नेकपा सचिवालयले जनाएको छ ।







