विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट कार्यक्रमअन्तर्गत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एमालेमा रहेका पूर्व माओवादी नेताहरुसँग भेटघाट गरेका छन् ।

सो भेटघाटमा एमाले नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, मणि चन्द्र थापा र प्रभु शाह थिए ।

एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टको निवास धापाखेलमा नेकपा महासचिव विप्लवले पूर्वमाओवादी नेताहरुसँग भेटघाट गरेका हुन्।

भेटघाटमा विप्लवले कम्युनिस्ट आन्दोलन र देशको समग्र पक्षबारे चिन्ता व्यक्त गरेको भेटघाटमा सहभागी एक नेताले बताए ।

सर्वोच्च अदालतले गरेको निर्णयप्रति पनि विप्लवले असन्तुष्टि व्यक्त गरेका थिए ।

यसअघि महासचिव विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत नेतासँग भेट गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार