नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले आफ्नो पार्टीको बैंठकमा आएर प्रहरीले खानतलासी गरेको भन्दैं त्यसको घोर विरोध र भत्र्सना गरेका छन् ।
नेकपा कैलाली जिल्लामा आफ्नो पार्टीको जिल्ला बैठकमा आएर प्रहरीले हस्तक्षेप गरेको भन्दैं नेता पुनले प्रहरी हस्तक्षेपको विरोध गरेका हुन् ।
बैठकस्थलमा आएर प्रहरीले अनावश्यक दुख दिएर कार्यकर्तालाई आतंकित पार्ने काम बन्द गर्न नेता पुनले चेतावनी समेत दिएका छन् ।
विप्लव नेकपा र सरकारबीच शान्ति सहमति भएर लामो समय बितिसक्दा प्रहरीले गरेको यस्तो हस्तक्षेपको सबैले विरोध गर्नुपर्ने नेकपाले जनाएको छ ।








