
एमसीसी परियोजनाको विरोध गरेको वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग एमसीसी परिमार्जन गरेर पारित गर्ने जनाउ दिएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गरेर पारित गर्न सकिने बताएका हुन् ।
उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।
उनले गठबन्धन सरकारमा तत्कालै समस्या आउने आफूले नदेखेको पनि बताए ।
दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’







