
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीबीच भेटघाट भएको छ ।
प्रधानमन्त्रीबाट बर्हिगमन भएपछि नेकपा महासचिव र ओलीबीच यो पहिलो राजनीतिक भेटघाट भएको हो ।
सो भेटघाटमा महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड र अर्का नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।
भेटमा महासचिव र विप्लव र ओलीबीच यसअघि सरकारमा रहँदा भएका सहमति कार्यान्वयन र अबको राजनीति कसरी अगाडि बढ्ला भन्ने विषयमा छलफल चलेको नेकपा स्रोतले बताएको छ ।
ओलीले भेटमा आफुहरुले सहमति कार्यान्वयन गर्न अधिकतम पहल गरेको भएपनि विभिन्न बाँधा व्यवधान खडा गरेर सबैं कार्यान्वयन गर्न नसकेको बताएका थिए ।
विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मोहन वैद्य ‘किरण’ लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।







