
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासचिव विप्लवले अघिल्लो सरकारसँग गरिएको तिनबुँदे सहमति कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका थिए ।
जबाफमा प्रधानमन्त्री देउवाले अघिल्लो सरकारसँग गरिएको सहमति कार्यान्वयन गरिने प्रतिवद्दता व्यक्त गरेको नेकपाले बताएको छ ।
तीन बुँदे सहमतिअनुसार नेपाल कम्युनिस्ट पार्टीका अझैं पनि दर्जनौं नेता कार्यकर्ताहरु जेलमा रहेकोले ती नेता कार्यकर्ता रिहा गरिनुपने नेकपाले जोड दिदैं आएको छ ।
भेटमा नेकपाका नेताहरु खड्क बहादुर विश्वकर्मा प्रकाण्ड र अर्का नेता धमेन्द्र बास्तोलालगायत नेताहरु सहभागी थिए ।
आज प्रधानमन्त्री देउवासँग भएको छलफलबारे नेता बास्तोलाले फेसबुक स्टाटसमा लेख्दैं भने –
‘प्रधानमन्त्री शेरबहादुर देऊवासंग केपी ओली नेत्त्रीत्वको सरकारले गरेको तीनबुँदे सहमति कार्यन्वयन गनर्नेबारे छलफल । गृहमन्त्री बालकृष्ण खाण सहितको भेटघाटमा प्रधानमन्त्रीबाट सहमति यथासिघ्र कार्यन्वयन गर्ने कुरामा विश्वस्त पार्ने प्रयत्न ।’







