हामीले भनेका छौं खरानी बनिन्छ तर झुकिदैन । यो कुनैं बनावटी कुरा होइन आजको सत्य कुरा यही हो । हामीलाई कस्तो प्रकारको समाजवाद चाहियो भने मंगलग्रहमा पुग्ने समाजवाद होइन हामीलाई भोको पेट भर्ने समाजवाद चाहियो । जनताका छोराछोरीले पढ्ने समाजवाद चाहियो । स्वास्थ्य सेवा निशुल्क भएको समाजवाद चाहियो । हाम्रा युवायुवतीहरु अरुका खेलौना नबन्ने समाजवाद चाहियो । विदेशी आएर सरकार नचलाइदिने समाजवाद चाहियो । विदेशीहरु आएर पार्टी चलाइदिने समाजवाद चाहिएन हामीलाई । हामी आफैले निर्माण गर्ने समाजवाद चाहियो ।

महिलाहरुको अधिकार सुनिश्चित भएको समाजवाद चाहियो । आजको दुनियाँमा पनि दलितमाथि छुवाछुत गर्ने व्यवहारको अन्त्य गर्ने समाजवाद चाहियो । आज हामीले भन्ने गरेको जनमत संग्रहलाई मान्छेहरुले कसैले दिन्छ र भन्नेजस्ता कुरा गर्दैछन्, कुरा त्यो होइन हामीले कसैले दिएर होइन अब लिएर जनमत संग्रहको चुनाव गर्ने हो ।

हामीले गल्ली गल्लीमा, घर घरमा संसदवादीहरुलाई भन्नुपर्छ- तिमीहरुले हामीलाई बन्दुके, अधिनायकवाद भन्छौं भने आऊँ जनमत संग्रहको चुनावमा जाऔं । वैज्ञानिक समाजवाद कि असफल संसदीय व्यवस्था रोज्ने ? हामी तयार, देउ न त चुनाव । यो लुटेरा पुँजीवाद ठीक कि जनताको समाजवाद ठीक ? चुनाव गरौं न त । यिनैं लुटेराहरुलाई चुन्नुपर्छ हामीले सधैं ?

जनमत संग्रह मागेर होइन खोसेर ल्याउनुपर्छ युवाहरुले । ०३६ सालमा जनमत संग्रहको चुनाव हुने आज हुँदैन ? पंचायत ठीक कि बहुदल ठीक भनेर जनमत संग्रहको चुनाव हुने आज समाजवाद कि संसदीय व्यवस्था ? भनेर चुनाव गर्न मिल्दैन ? किन नमिल्ने ? मिल्दैन भन्नेहरु लुटेरा हुन् । हरेक सत्ताले लुटेरा वर्ग जन्माउँछ । त्यही लुटेरा वर्गले यहीलाई अन्तिम डेमोक्रेसी भन्छ ।

कयौं साथीहरुको मनोवल छैन । सायद साथीहरुले कोठाबाट त्यो देख्दा पनि देख्नुहुन्न । हामीलाई थाहाँ छ, नेपाली जनताले समाजवाद चाहेको छ भनेर हामी उच्च मनोबलका साथ आएका छौं । कस्ले हाल्छ यो लुटेरा वर्गलाई भोट ?कसले हाल्छ यो संसदीय व्यवस्थालाई भोट ? यो देश बेचुवाहरुलाई कसले हाल्छ भोट ? त्यसैले हामी जित्छौं जनमत संग्रहको निर्वाचनमा । वैज्ञानिक समाजवादले जित्छ । यो वैज्ञानिक समाजवाद नेपाल कम्युनिस्ट पार्टीको मात्र होइन, यो त हरेक बुद्धिजीविको क्षमतालाई सुनिश्चित गर्ने व्यवस्था हो । हरेक प्रतिभाशाली वैज्ञानिकहरुलाई जन्म दिने र सुनिश्चित गर्ने व्यवस्था हो । आधुनिक डक्टर, प्रोफेसेर, इन्जिनियर सबैलाई जन्म दिने व्यवस्था हो ।

यो सबैं नागरिकको व्यस्था हो, सबैं श्रमिक जनताको व्यवस्था हो । कहाँ कम्युनिस्टहरुको मात्र व्यवस्था हुन्छ ? सभ्यताहरुको जन्म दिने व्यवस्था हो । त्यसैले समाजवादको बारेमा भ्रमित हुनुपर्ने जरुरत छैन । कांग्रेसले लोकतान्त्रिक समाजवादको कुरा गरेको छ । संघीय समाजवादी पार्टीले संघीय समाजवादको कुरा गरेको छ । कमल थापाको राप्रपाले राष्टिय समाजवादको कुरा गरेको छ । हामीले वैज्ञानिक समाजवादको कुरा गरेका छौं । किन डराउने ? प्रतिस्पर्धाबाट हामी डराएको कि पुँजीवादीहरु ? संसदवादीहरु डराएको कि हामी डराएको ?हामीले विद्रोह गरेको डराएको हुन्छ ? त्यो त सहास गरेको हो । हामीले त संसदवादसँग विद्रोह गरेको हो ।

अहिले भन्ने गरिएको छ कि जनप्रदर्शन मात्र गर कि त बम मात्र पडकाउँ भनेर भनिएको छ । हामी भन्छौं दुईवटै हानिन्छ । दुईवटैं गरिन्छ । हामीलाई प्रतिवन्ध किन लगाएको ? एनसेललाई कार्वाही गर्नु पर्दैन ? अहिले पनि ६२ अर्बको बहसको कुरा आइरहेको छ । त्यो बेला ७२ अर्बको कुरा थियो । हामीले कार्वाही गर्दा किन हामीलाई थुनियो ? बालुवाटारको जमिन खाने माफियालाई कार्वाही गरिएन । आफ्नो जमिन संरक्षण गर्न नसक्ने सरकारले हामीलाई कार्वाही गर्ने ?

हामीले शिक्षा, स्वास्थ्य, रोजगारी सबैंमा समाजवाद खोजिरहेका छौं । ठूलो कुरा होइन हामीले यही समाजवाद खोजिरहेका छौं । यो पूरा हुन्छ ठीक छ, पूरा नभए विद्रोह गर्छौ । हामी अगाडि बढ्छौं ।

वैज्ञानिक समाजवादका बारेमा हामी पछि थप चर्चा गर्नेछौं । तर यति भनौं वैज्ञानिक समाजवाद योभन्दा हजार गुणा उन्नत र उत्तम व्यवस्था हो । यो अहिलेको गए गुर्जुको र लुटेरा लोकतन्त्रभन्दा हजार गुणा सफा र राम्रो व्यवस्थाको कुरा गरिरहेका छौं ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव विप्लवले संवोधन गरेको विचारको सानो अंश ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार