नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको लक्ष्य आफ्नो पार्टीले पूरा गर्ने बताएका छन् ।

नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टी मात्र पुष्पलाल श्रेष्ठको बाटोमा हिडेको दाबी गरे ।

नेपालमा रहेका जति पनि कम्युनिस्ट पार्टीहरु भएपनि ती सबै पुष्पलाल श्रेष्ठको बाटोलाई भ्रष्टीकरण गरेको महासचिव विप्लवको आरोप थियो ।

महासचिव विप्लवले एकीकृत जनक्रान्तिको बाटोबाट आफ्नो पार्टीले पुष्पलाल श्रेष्ठको सपना पूरा गर्ने दाबी गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार