
नेपाल कम्युनिस्ट पार्टी इलाम जिल्लाको पुर्ण बैठक सम्पन्न भएको छ ।
साउन ०६ र ०७ गते दुई दिन बसेको बैठकले रास्ट्र र जनसरोकारका विषयहरुमा विभिन्न महत्वपुर्ण पन्ध्रवटा निर्णयहरु ०८ गते शुक्रवार पत्रकार महासंघ इलामको सभाहलमा पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टिका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले आफ्नो पार्टी जनताका प्रस्तावहरुको इमान्दारपुर्वक नेतृत्व गर्दै यतिबेला जनताको बीचमा आएको बताए ।
तपाइहरुको संगठन सानो छ यी निर्णयहरु कसरी कार्यन्वयन गर्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफ्नो संगठन नै बिचार, राजनीति, इमानदार नेतृत्व र बलिदानी भावमा माथि भएका कारण सबै भन्दा शक्तिशाली रहेको र अहिलेको स्थितिमा आफ्नो सांगठानिक तागत जत्रो छ निर्णयलाइ सोही रुपमा निर्णय कार्यन्वयनमा प्रतिविम्वित गरेर जाने बताए ।
जनमतसंग्रहमार्फत वैंज्ञानिक समाजवाद हुने कि संसदीय पुँजीवाद फैसला गर्न सबै पक्ष तयार हुनु पर्ने अन्यथा जनताको अधिकारलाई खोसिन्छ भने सामाजिक आवश्यकताले जनमत लाई जनविद्रोहमा परिणत गर्ने र विद्रोहको नेतृत्व आफ्नो पार्टीले गर्ने सुमनसिंहको दाबी थियो ।

नेपाली समाजलाई पुँजीवादले आजित बनाएको हुनाले यसको राजनीतिक रखवाला संसदीय व्यवस्थाको सम्पुर्ण रुपमा पतन भएको स्थितिमा लोकतन्त्रवादी भन्नेहरु गम्भीर समीक्षा गर्दै जनमतसंग्रहमा आउन डराउन नहुने बताए । आफ्नो पार्टी नेपाली समाजको संकटको समाधान वैज्ञानिक समाजवाद भएको र यो दृस्टिकोणप्रति दृढ रहेको हुनाले यसमा जनताले वैंज्ञानिक समाजवादलाई विजयी गराउने कुराप्रति ढुक्क रहेको बताए ।
उनले समाजवादको कुरा गर्ने तर भ्रममा समाजवाद निर्माणको द्वार नदेखेका सबैसंग समीक्षा गर्न तयार रहेको, बृहत् छलफल र अन्तर्कृया गरेर जनमतसंग्रहको वातावरण निर्माण गर्ने उनको भनाई थियो । भ्रस्टाचार गर्नेहरुलाई जनकारबाही गर्न आफ्नो पार्टी तयार रहेको बताए । उनले जनतालाई लिएर जनकारबाही गर्ने बताए ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी मौसमले नयाँ परिस्थितिमा पार्टी आएको र इमानदार भएर आफुहरुले जनताको नेतृत्व गर्ने भएकाले सबैलाई सहकार्य र सहयोगका लागि अपिल गरे ।







