नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बास्तोलाले नेपालमा हुने सबैं प्रकारको समस्याको जड अहिलेको दलाल संसदीय व्यवस्था भएको भन्दैं यसको विकल्प खोज्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा बोल्दैं नेता बास्तोलाले नेपालको संसदीय व्यवस्थाले भ्रष्टचारलाई बढावा दिने काम गरेको बताए ।

नेता बस्तोलाले अहिलेको नेपालको संसदीय व्यवस्थामा सबैंभन्दा ठूलो भ्रष्टचारी प्रधानमन्त्री हुने र उसले नेपालको वार्षिक बजेटको आधा हिस्सा पैसा भ्रष्टचारलाई संस्थागत गर्ने बताए ।

हरेक संसदीय निर्वाचनमा अर्बौ रकम खर्च गरिने भएको बताउँदै उनले अहिलेको संसदीय व्यवस्थामा यही प्रणाली राखिएकोले यस्तो संस्कृति हुर्केको दाबी गरे ।

आफ्नो पार्टीले नेपालमा संसदीय व्यवस्थाको विकल्प खोजेको भन्दैं त्यसका लागि अहिलेको बाटो वैज्ञानिक समाजवाद मात्र भएको उनको जिकिर थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार