गुलेली होइन
गोली खेलाउँछ नाथुराम

नाथुराम जिउँदाहरुलाई मार्छ
जिउँदै मरेका लासहरुलाई मार्दैन नाथुराम

पाए रावण मार्छ नाथुराम
जिउँदै मरेका लाश विभीषणहरुलाई मार्दैन नाथुराम

यो देशका मुसाहरुलाई बिरालोले त मार्दैन
यो देशका मुसाहरुलाई माकुराका जालाले जन्माउछ
माकुराका जालाले मार्छ
नाथुरामले क्यालाई मार्छ मुसाहरु ?
नाथुरामले बाघ मारेको इतिहास छ ।

मुसाहरु नाथुरामले मार्छ भन्दै
फगत !
चु-चु गरेका छन्
दुला खनेका छन्
बडीगार्ड बढाएका छन्
मुसाहरुलाई नाथुरामले होइन
माकुराका जालाले मार्छ

माकुराका जालाले जन्माएको मुसालाई
माकुराका जालाले मार्छ
नाथुरामले कयालाई मार्छ मुसा ?

बाघ मार्ने नाथुरामले मुसा मार्छ कतै ?

बाघ मार्ने नाथुरामले
स्याल त मार्दैन
मुसो मार्छ कतै ?

माकुराका जालाले जन्माएका मुसा
माकुराका जालाले खान्छ बरै !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार