
नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ ।
नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो ।
एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।








