
क्रान्तिकारीहरु एक ठाउँमा रहने गरी बनाइएको संयुक्त रणनीतिक मोर्चाको बैंठक बसेको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी पार्टी, नेपाल र ऋषि कट्टेलको नेकपा सहभागी रहेको मोर्चाको बैंठक बसेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुती र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच छलफल भएको छ ।
काठमाडौंमा बसेको बैंठकले रणनीतिक संयुक्त मोर्चालाई थप सशक्त बनाउँदैं क्रान्तिकारी ध्रुवीकरणलाई अगाडि बढाउने स्पिरिटअनुसार बसेको नेकपा स्रोतले बतायो ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सामाजिक संजाल फेसबुकबाट बैंठक बसेकोबारे तस्बीर सार्वजनिक गरेका छन् ।







