विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले ३० रोपनी जग्गामा मास उत्पादन गर्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाका जिल्ला नेता शोभाराम मगरले सामाजिक संजाल फेसबुकबाट पार्टीले जिल्लामा उत्पादन गर्न थालेको कुरा जानकारी दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले आफुलाई आर्थिक रुपले आफुलाई आत्मनिर्भर बनाउने उद्देश्यससिहत देशभर सो पार्टीले उत्पादनमा जोड दिएको हो ।
नेपाल सरकारसँग गरिएको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक क्रान्तिलाई उत्पादनसँग जोडेर जाने नीतिसँगैं अहिले अगाडि बढिरहेको छ ।








