घरदेशमा पूरा नभएका
सपनाहरूको भारी बोकी
प्रियजनका सम्झनाहरुको गुन्टो बाँधेर
चिलगाडी बस्ने ठाउँबाट
परदेश उडेको ऊ
जब फर्किन्छन्
बाकसभित्र
सेतो कात्रोमा बेरिएर घरदेश
ह्र्दयविदारक बन्छन् दृश्यहरु
अनि
बग्छन् आँखाबाट आँसुका बलिन्द्र धाराहरु
कठै दिन भन्नेहरुको त
एकैछिन मुटुमा च्यास्स बिझाउँछ होला
मुटु नै चुडाँलिएर
बेहोस् भएकाहरुलाई
खै अब कसले सम्भालि दिने ?
यी सबै भावविह्वल

अत्यास पार्ने
दृश्यहरुकाबीच
अर्कोतिर
सत्ताको मालिक मुखदर्शक भई
ठिङ्गरिङ्ग उभिएको छ
हजारौं ज्युँदा जाग्दा
केही थान मरेर फर्किदा
शासकलाई सुकुन नै छ
वर्षो वर्षदेखि अविरल
उसको राइँदाइँ चलेकै छ
सत्ताको रोटी सेकिएकै छ
अनि उसलाई के ?
कफिनमा बन्द भएर
घरदेश भित्रिएको ऊ त
छोडेर गैजान्छ
प्रियजनहरु र
प्रियसीलाई जुनिभरीका लागि
सम्झनाहरुको गुन्टो
अनि
त्यो सङ्गै बिसाएर जान्छ
पूरा हुन नसकेका अधुरा
सपनाहरुको भारी !
उफ !!!!
यो सम्झनाहरु गुन्टो

सपनाहरूको भारी
बोक्नेहरुको जिन्दगी
बयान नै गर्न नसकिने हगि ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार