
एमसीसी समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उनको सचिवालयले जनाएको छ।
बुधबार मन्त्रीपरिषद बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको भन्दै सामाजिक सञ्जालमा वक्तव्य साझा गरिएको थियो।
तर प्रचण्डका स्वकिय सचिव विष्णु सापकोटाले सो पत्र झुठो रहेको बताएका हुन्।
उनले भने, ‘त्यो पत्र झुठो हो। अफवाह हो। अध्यक्षबाट वा स्थायी कमिटीबाट त्यस्तो पत्र जारी भएको छैन। बदनाम गर्न नक्कली पत्र बनाइयो।’
सामाजिक सञ्जालमा प्रचण्डले जारी गरेको भन्दै साझा गरिएको पत्रमा एमसीसीको समर्थन गरिएको र कार्यान्वयनका लागि तल्लो तहसम्म लैजाने उल्लेख छ।







