प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रशिक्षण दिने भएका छन् ।

शुक्रबार दिउँसो २ बजेदेखि जुममार्फत महासचिव विप्लवले नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् ।

महासचिव विप्लवले नेपाली जनप्रगतिशील मोर्चा कतार र नेपाली जनप्रगतिशील बहराइनको आयोजनामा हुन लागेको सो कार्यक्रमलाई कपिलवस्तु शिवगढीबाट प्रशिक्षण दिनेछन् ।

नेपाल जनप्रगतिशील मंोर्चाको ‘व्यपारिक भेदभावयुक्त शहरिया व्यवस्थापनको अन्त्य गरौं, गाउँबस्तीहरुलाई आफ्नै शैलीमा विकसित गरौं’ भन्ने नारा दिइएको सो कार्यक्रमलाई महासचिव विप्लवले संवोधन गर्ने भएका हुन् ।

अस्पताल र कार्यालय व्यवस्थापनको लागि नेपाल जनप्रगतिशील मंोर्चाले सहयोग हस्तान्तरण समेत गर्ने समेत जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार