चीनमा एक अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। ६७ वर्षीय अर्बपति सुन डउलाई १८ वर्षको जेल सजाय सुनाइएको हो।
उनीविरुद्ध समाज भड्काएको आरोप सिद्ध भएको हो। यो एक यस्तो आरोप हो जो अक्सर सामाजिक कार्यकर्ताहरुमाथि लगाउने गरिएको छ।
उनी चीनको सबैभन्दा ठूलो निजी कृषि व्यवसायका मालिक हुन्। उनलाई गत वर्ष पक्राउ गरिएको थियो।
उनले राजनीतिक र अन्य सम्वेदनशील एवं मानवाधिकारसँग जोडिएका विषयमा खुलेर आफ्ना विचार राख्दै आएकोमा यी विषयलाई लिएर चीन सरकारले यस्तो सजाय दिएको हुनसक्ने बताइएको छ ।








