
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजको राजनीतिक निकास जनमत संग्रहको बाटोबाट वैज्ञानिक समाजवाद निर्माण गर्नु रहेको बताएका छन् ।
संसदवादी दलहरू लोकतन्त्रको निर्वाचनको कुरा गर्छन् भने जनमत संग्रहको निर्वाचनमा आउनु पर्ने महासचिव विप्लवको भनाई छ ।
जनप्रगतिशील मोर्चा अरबको आयोजनामा भएको जुम प्रशिक्षणलाई संबोधन गर्दै महासचिव विप्लवले जनमत संग्रहको निर्वाचन भएमा बन्ने प्रगतिशील सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नु पर्ने दाबी गरे ।
महासचिव विप्लवले प्रगतिशील सरकारको नेतृत्व आफ्नो आफ्नो पार्टीले गर्न नपाए आफुहरु कुनै पनि पार्टीको नेतृत्वमा जान तयार रहेको बताए ।








