विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा नेपाली नागरिक जय सिंह धामीको भारतीय एसएसबीद्धारा भएको तुइन हत्या प्रकरणका विरुद्ध आज विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आज काठमाडौंलगायत देशैभर सो हत्या प्रकरणका विरुद्ध विरोध प्रदर्शन हुने भएको हो ।

स्मरणरहोस् भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शुक्रबार नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा नेपाली नागरिक धामी महाकालीमा खसेर निधन भएको थियो ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार