
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले दार्चुला घटनामा भारतीय ज्यादतीको घोर विरोध र भत्र्सना गरेको छ ।
आज एक प्रेस विज्ञेप्ती जारी गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब कार्वाही गर्न जोडदार माग समेत गरेको छ ।
विज्ञेप्तीको पूरा पाठ –
हिजो २०७८ साउन १५ गते दार्चुला जिल्ला , व्यास गाउँ पालिका वडा नम्बर २ मालघाटकाटस्थास्थानीय निवासी ३३ वर्षीय जयसिंह धामीले तुइनबाट महाकाली नदी तरेर भारतको पिथौरागढ पांगल जाने सिलसिलामा उक्त महाकाली नदीमा तुइनबाट नदी तर्दै गर्दाको अवस्थामा भारतीय सिमा प्रहरी एसएसबीले उक्त तुइनको डोरी काटिदिए पछि धामी महाकाली नदीमा डुबेर बिपत्ता भएको समाचारले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र स्तब्ध भएको छ ।
यसरी तुइनबाट महाकाली नदी तर्दै गर्दाको अत्यन्तै जोखिम अवस्था पार गर्दै गरेका धामीलाई तुइनको डोरी काटेर महाकाली नदीमा खसालेर ज्यान विपत्ता पार्ने भारतीय सिमा सुरक्षा प्रहरी एसएसबी अन्तर्गतका दोषीलाई तुरुन्त खोज र छानबिन गरि कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र केन्द्रीय कार्यलय काठमाडौं, नेपालले जोडदार रुपमा माग गर्दछ । धन्यवाद ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति १६, साउन २०७८
(३१ जुलाई २०२१)
(हस्तबहादुर केसी)
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं, नेपाल







