दार्चुला घटनाको विरोधमा विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत चार कम्युनिस्ट पार्टीले घोर विरोध र भर्त्सना गरेको छ ।

आज संयुक्त विज्ञप्ति जारी गर्नेमा ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी समेत रहेका छन् ।

चार कम्युनिस्ट पार्टीका नेताहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न भारतीय सशस्त्र प्रहरी बलका सिपाही लाई तुरुन्त कार्वाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

यी चार कम्युनिस्ट पार्टीका नेताहरुले दार्चुला घटनामा संलग्न सिपाहीलाई तत्काल कारबाही नगरे आफुहरुले सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार