नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेलाबेलामा चर्चामा आइरहन्छन् । अमेरिकाको विषय आउनासाथ चर्को कुरा गर्दै विज्ञप्ति बाजी गर्न खप्पिस प्रचण्ड अन्ततः अमेरिकाको शरणमा पुगेका छन् ।

घुमाई–फिराई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गर्ने जिम्मा प्रचण्डको काँधमा आइपुगेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका अनुसार एमसीसी पास नभए प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवाको ज्यान खतरामा परेको छ ।

एमसीसीका संझौता गर्दाका प्रधानमन्त्री र अर्थमन्त्रीलाई एउटै क्याविनेटमा देखिनु एमसीसी पास गर्ने षड्यन्त्रको गन्ध आएको भन्दै विजुक्छेले यती गर्दा पनि एमसीसी पास नभए प्रचण्ड र देउवाको ज्यान तलमाथि हुनसक्ने उनको भनाई छ ।

ओटीभी नेपालसँग कुरा गर्दै विजुक्छेले एमसीसीमा सम्झौता गरेका ज्ञानेन्द्र बहादुर कार्कीलाई संसदबाट पास गराउनका लागि कानुन मन्त्री बनाएको बताए । उनले अमेरिकाकै दवावका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँन परमादेश जारी गरेको ठोकुवा गरे ।

अनलाइनमार्ग अनलाइनबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार