मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले चितवनमा जग्गा कब्जा गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति चितवनको आयोजनामा चितवनस्थित माडीमा जग्गा कब्जा गरेको छ ।
चितवनको माडी नगरपालिका–२ पौहारी गाउँमा ट्वान्टीवान ग्रुप प्रपर्टी प्रालिले प्लटिङ गरेको एक सय विघाभन्दा बढी जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो ।
नेकपा क्रान्तिकारी माओवादीले जनताको जमिन भूमाफियाहरूले कौडीको भाउमा किन्ने र करोडौंमा विक्रि गर्ने दलाल प्रवृत्ति मौलाएको भन्दै त्यो हुन नदिने बताएको छ ।








