
नेपाल कम्युनिस्ट पार्टीका नेता सन्तोष बुढामगरले नेपालका संसदीय दलका नेताहरुको निरीहताका कारण दार्चुलामा जयसिंह धामीको घटना घटेको बताए ।
नेता बुढामगरले भारतीय सरकारसँग नेपाल सरकारले गरेको दलाली र आत्मसमर्पणका कारण धामी लगायत कयौ दुखद घटना घटेको नेता बुढामगरको आरोप थियो ।
काठमाडौंमा आयोजित नेकपाको विरोध सभालाई सम्बोधन गर्दै नेता बुढामगरले जयसिंह धामीलाई देधको सहिद घोषणा गर्न सरकारलाई आग्रह समेत गरे ।
वर्तमान सरकारले दार्चुला घटनाको दोषीलाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले कार्वाही गर्ने चेतावनी समेत दिए ।








