
मधेशबाट माओवादी आन्दोलनमा ठूलो योगदान गरेका सुजन यादवले मधेशलाई सिंगो क्रान्तिकारी आन्दोलनको केन्द्र बनाउन ठूलो मेहनत गर्नुपर्ने बताएका छन् ।
यादवले मधेशमा महन्त ठाकुरदेखि उपेन्द्र यावव र राजेन्द्र महतोहरुले त्यहाँका जनतालाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको भन्दैं मधेशी जनतालाई उनीहरुको भ्रमबाट मुक्त पार्नु अहिलेको कार्यभार भएको बताएका छन् ।
जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा सुजन यादवले मधेशलाई क्रान्तिकारी कम्युनिस्टहरुले सही ढंगले नेतृत्व गर्नुपर्ने खाँचो औल्याएका छन् ।
मधेशलाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा नजोडिकन मधेश र सिंगो नेपालको मुक्ति संभव नहुने भन्दैं यादवले अहिलेसम्मका मूलधारका राजनीतिक दलहरुले मधेशलाई भजाएर खाने काम मात्र गरेको उनको आरोप छ ।
कांग्रेस, एमालेदेखि प्रचण्ड नेतृत्वको माओवादी अनि मधेशवादी दल भन्नेहरुले मधेशी जनतालाई ठग्ने काम मात्र गरेको यादवको गंभीर आरोप छ ।
अबको सिंगो क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन विप्लव, वैद्यहरुले एकीकृत क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नुपर्ने सुजन यादवको भनाई छ ।







