विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका छन्। उनीहरुले राष्ट्रिय झण्डा र विप्लव नेतृत्वको नेकपाको झण्डा देखाउँदै विरोध गरेका हुन् ।

सरकारले बनाएको छानबिन समितिप्रति नै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

‘एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य छैन’, विप्लव नेतृत्वको नेकपाका जिल्ला सचिव सुवास मल्लले भने, ‘आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो। यसको हामीले भन्दा पनि जनताले नै विरोध गरेका हुन्।’

आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला?, आफैँ अनुमान लगाउनुस्’, उनले प्रतिक्रिया दिदै भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार