तालिबानका लडाकुले अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा देशको पहिलो प्रान्तीय राजधानी कब्जामा लिएको छ।

अफगानिस्तान सरकारका अधिकारीले बीबीसीसँग यस कुराको पुष्टि गरेका हुन्।

स्थानीय स्रोतका अनुसार शुक्रबार अपराह्न निमरोज प्रान्तको राजधानी जरन्जमा तालिबानी लडाकुको कब्जा सरकारलाई निकै महँगो हुन सक्छ।

पछिल्लो हप्ता विदेशी सेना फिर्ता हुनासाथ तालिबानी लडाकु निकै आक्रामक भएको देखिएका छन्। तालिबानी लडाकुले अफगानिस्तानका कैयौं सीमावर्ती चौकीदेखि एउटा ठूलो क्षेत्रफल कब्जा गरेका छन्।

तर अहिलेसम्म कुनै प्रान्तको राजधानी कब्जामा लिएको थिए। तर शुक्रबार तालिबानी लडाकुले जरन्ज कब्जामा लिएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार