आँसुको धारा बग्दैछ आज कसैको यादमा !
जो आज छैनन् यो धरतीमा तिनैको यादमा !

हामी छौं कमरेड अलविदा भनी भनेथें जसलाई
त्यो बाटो आज भासमा पस्यो सुनाऊँ कसलाई
चिरा चिरा भो थला थला भो सहिदको सपना !
के भनी सुनाऊँ सहिदका सन्तान जोडी र आमालाई ?
आँसुको धारा !!!!

बाँकी नै थियो लडाइँ लड्न बीचमा रोकियो !
पराईसँग अँगालो कस भनेर तोकियो !
रगतसँग सुख सम्पति साटे नि घाटीले !
कसरी मिल्छ गद्दारी गर्न सहिदका साथीले ?
आँसुको धारा !!!!

आँखाभरी छन विगतका याद लक्ष्य छ अधुरो
जनताको मुहार खुलेकै छैन छ अझै मधुरो
जीवनको कोटा बुझाई तिमी अमर भएको
काँधको भारी मिलेन फाल्न जिम्मामा रहेको
आँसुको धारा !!!!

झन् संझिल्यायो झन् आगो बल्छ अगुवा संझेर
अगुवा भन्नु मात्रै न भयो भगुवा संझेर
झुकेका झण्डा बटुली फेरि उठाउँन थाल्दै छौं
मर्न नमान्ने मानिसहरू जुटाउँन थाल्दै छौं
आँसुको धारा !!!!!

२०७४/९/३०
ढल्को

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार