
विप्लव र वैद्यसहित चार कम्युनिस्ट पार्टीले दार्चुला घट्नाका दोषीलाई कार्वाही गर्न नेपाल सरकारले तुरुन्त भारतीय प्रधानमन्त्रीसमक्ष पहल गर्न आग्रह गर्दै सो पहल नगरे आफुहरुले प्रतिरोधको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
आज शनिबार विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेलको नेकपा र आहुतीको वैज्ञानिक समाजवादी अभियान पार्टीले यस्तो चेतावनी दिएका हुन् ।
यी चार कम्युनिस्ट पार्टीले भारतसँग जोडिएको सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, बजार र सुरक्षाको प्रत्याभूति र आर्थिक उत्पादनका सानधनमा उचित प्रवन्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अनुरोध गरिएको छ ।
राज्यको सही नीतिले मात्र सीमामा बस्ने नागरिकको स्वाभिमान र सुरक्षाको ग्यारेन्टी हुनेभन्दैं चार कम्युनिस्टले संयुक्त विज्ञेप्तीमाफर्त यस्तो आग्रह गरेका हुन् ।
राज्य यस्तो संवेदनशील मुद्धामा गैरजिम्मेबार बनिरहे आफ्नो संयुक्त मोर्चाले कडा कदम चाल्ने चेतावनी समेत सो वक्तव्यमा व्यक्त गरिएको छ ।








