लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गठबन्धनकाे समर्थमा केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । केसी नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार मुख्यमन्त्री पदमा नियक्त भएका हुन् ।

गठबन्धनले आज बिहान ४२ सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्री पदमा केसीलाई दाबी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री केसीलाई ४ बजे प्रदेश प्रमुखकाे कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जानकारी दिएकाे छ ।

मुख्यमन्त्री केसीले बिहीबार नै कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार