संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत उल्लेख गरेका छन् ।

तालिवानले आफूले नियन्त्रणमा लिएका प्रान्तहरुलाई सामान्य अवस्थामा फर्काउन लागेको छ । तालिवानका अधिकारीहरुले मिडियामार्फत आत्मसर्मण गर्ने सरकारी सुरक्षा फौजलाई केही नगर्ने, नागरिकले आफ्ना आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने र कुनै पनि समुदायको व्यक्तिलाई आक्रमण नगर्ने भनी आश्वस्त पार्न खोजेका छन् ।

उनीहरुले यसअघि आफूहरुले अपनाएको कट्टर नीतिलाई खुकुलो पारेको र अब महिला पनि विद्यालय र काममा जान पाउने उल्लेख गरेका छन् ।

तालिवानले अफगानिस्तान कब्जा गरेमा आफूहरुको के रणनीति हुने भन्ने विषयमा विश्वका ठूला मुलुकहरु भने मौन छन् । उनीहरुको यतिबेला ध्यान त्यहाँ रहेका आफ्ना नागरिक जोगाउनेमै देखिएको छ ।

केही पश्चिमा मुलुकले तालिवानले सत्ता कब्जा गरेकमा त्यसलाई मान्यता नदिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार