६ लाख ५२ हजार ८ सय ६० वर्ग किलोमिटर क्षेत्रफल रहेको यो देश ४ सय ५५ प्रस्तुन भाषा बोल्ने र बाँकी पारसी उज्बेकी हजारा आदि भाषाहरु बोलिन्छ। यो देशलाई दरी भाषामा एसियाको (कल्फ) यानी कि मुटु पनि भनिन्छ। यो देशबाट युरोप, अरब, अफ्रिका, एसिया पैदाल यात्रा सजिलै गर्न सकिने समुन्द्रको बाटो हिंड्न नपर्ने देश हो।

पहिलो अफ्गान राज्य अप्रिल १७०९मा स्थापना भएको हो। तर यो देश हजारौ वर्ष पुरानो इतिहास छ। भुगोलको हिसाबले यो भारत वर्षभित्र सदियौ वर्ष रहयो। त्यो देश पनि नेपाल जस्तै भुपरिवेष्ठित देश हो। तर यो देश हाम्रो जस्तो दुई देशसँग मात्र सम्बन्ध राख्न बाध्य छैन। यहाँ इरान, पाकिस्तान, उज्बेकिस्तान, तजेकिस्तान आदि देशसँग ब्यापार गर्न स्वतन्त्र छ। यदि शासक राम्रो हुने हो भने देशको परिवर्तन हुन समय लाग्दैन। यहाँको मुख्य उत्पादन ड्राइ फ्रूट तथा हरियो तरकारी हो। यहाँको माटो खुब मलिलो छ तर यहाँ जाडो याममा खेती एक समय हुने हुँदा यहाँका जनता छ महिना पर्खिन वाध्य हुन्छन्। यो देशमा पनि कहिल्यैं शान्तिको बाटो देखाउने शासक देखा परेन। यहाँ विदेशी शक्तिले खेल्ने, यहाँका सोझा अनपढ जनतालाई जालझेलमा पारेर मार्ने-मराउने काम मुगल साम्राज्यबाट चल्दै आयो । यो देश मौर्य सम्राटको पालामा पनि देखियो कि यहाँका अग्ला बलियाँ कद काठिका मानिसलाई आपसमा लडाएर आफ्नो फाईदा उठाउनु चन्द्रगुप्त मौर्य, गुरु चाणक्य हुँदै मोहमद गौरी बाबर, गजनी गौरी नादिर शाह हुँदै तालिवानसम्म आइपुग्दा मुलुक बर्बाद हुन पुग्यो। यो देश सबैभन्दा पुरानो सिल्क रोडले पनि प्रख्यात हो। यो देशसँग नेपालको साइनो कसरी गाँसियो हामी अचम्म पर्न सक्छौ।

११ सेप्टेम्बर २००१ मा पेन्टागनमा हमला भयो तब अमेरिकन फौज अफ्गानिस्तान प्रवेश गर्यो। साथै खुल्यो उनीहरुको संघ संस्थाको सुरक्षार्थ नेपालीहरुको अफ्गानिस्थान प्रवेश। यो बीचमा हामी नेपालीहरु कति मर्यौ कसैले हिसाब किताब राखेको होला ? मलाई जानकारी छैन। आज पनि अमेरिकन दुतावास, अमेरिकन युनिर्भसिटी, ब्रिटिश दुतावास, अस्टेलियन दुतावास, क्यानाडा दुतावास, विश्व बैंकका सम्पूर्ण निकायभित्र नेपाली सुरक्षा गार्ड छन्। क्यानाडा एम्बेसीलाई सुरक्षा गराउदै आएको कम्पनी साईबर कम्पनीलाई लक्षित गरी आक्रमण गर्दा १७जना नेपाली एक ठाउँमा ज्यान गुमाएका थिए। त्यो ठुलो घटना थियो। तर सानो छिट्फुट घटना २००१ देखि हुँदै आएका छन्। अब अमेरिकन सरकारले २० वर्षपछि आफ्ना गठबन्धन राष्ट्रलाई अफ्गानिस्तान छोड्न आदेश दिएपछि यहाँको स्लामिक संगठन तालिवानले सयौ मिलिसिया संगठनसँग मिलेर देश कब्जा गर्दै गैरहेको छ। यो एक ठाउँमा मात्र नभएर सम्पूर्ण अफ्गानिस्तान कब्जा गर्दै गएको छ।

आजको दिनमा मात्र अमेरिकन एम्बेसीमा २ सय जना, एसियाली बिकास बैंकमा ७०जना, ब्रिटिश एम्बेस्सीमा २ सय जना, विश्व बैंकमा १२० जना, अमेरिकन विश्व विद्यालयमा ७० र अरु अरुमा मिलाएर अझै १५ सय बढी नेपाली कानुनी या गैर कानुनी रुपले अफगानिस्तानमा बस्दै आएका छन्। अब उनीहरुको अवस्था के हुने हो ? मलाई जानकारी छैन। आज पनि अमेरिकन दुतावास, अमेरिकन युनिर्भसिटी, ब्रिटिश दुतावास, अस्टेलियन दुतावास, क्यानाडा दुतावास, विश्व बैंकका सम्पूर्ण निकायभित्र नेपाली सुरक्षा गार्ड छन्। क्यानाडा एम्वेसीलाई सुरक्षा मुहैया गराउदै आएको कम्पनी साईबर कम्पनीलाई लक्षित गरी आक्रमण गर्दा १७जना नेपाली एक ठाउमा ज्यान गुमाएका थिए। त्यो ठुलो घटना थियो। तर सानो छिट्फुट घटना २००१ देखि हुँदै आएका छन्। अब अमेरिकन सरकारले २० वर्षपछि आफ्ना गठबन्धन राष्ट्रलाई अफ्गानिस्तान छोड्न आदेश दिएपछि यहाँको स्लामिक संगठन तालिवानले सयौ मिलिसिया संगठनसँग मिलेर देश कब्जा गर्दै गैरहेको छ। यो एक ठाउँमा मात्र नभएर सम्पूर्ण अफ्गानिस्तान कब्जा गर्दै गएको छ।

लेखक ।

आजको दिनमा मात्र अमेरिकन एम्बेसीमा २ सय जना, एसियाली बिकास बैंकमा ७०जना, ब्रिटिश एम्बेस्सीमा २ सय जना, विश्व बैंकमा १२० जना, अमेरिकन विश्व विद्यालयमा ७० र अरु अरुमा मिलाएर अझै १५ सय बढी नेपाली कानुनी या गैर कानुनी रुपले अफगानिस्तानमा बस्दै आएका छन्। अब उनीहरुको अवस्था के हुने हो ? मलाई जानकारी छैन। आज पनि अमेरिकन दुतावास, अमेरिकन युनिर्भसिटी, ब्रिटिश दुतावास, अस्टेलियन दुतावास, क्यानाडा दुतावास, विश्व बैंकका सम्पूर्ण निकायभित्र नेपाली सुरक्षा गार्ड छन्। क्यानाडा एम्वेसीलाई सुरक्षा मुहैया गराउदै आएको कम्पनी साईबर कम्पनीलाई लक्षित गरी आक्रमण गर्दा १७जना नेपाली एक ठाउमा ज्यान गुमाएका थिए। त्यो ठुलो घटना थियो। तर सानो छिट्फुट घटना २००१ देखि हुँदै आएका छन्। अब अमेरिकन सरकारले २० वर्षपछि आफ्ना गठबन्धन राष्ट्रलाई अफ्गानिस्तान छोड्न आदेश दिएपछि यहाँको स्लामिक संगठन तालिवानले सयौ मिलिसिया संगठनसँग मिलेर देश कब्जा गर्दै गैरहेको छ। यो एक ठाउँमा मात्र नभएर सम्पूर्ण अफ्गानिस्तान कब्जा गर्दै गएको छ। साथै अहिलेसम्म अफगानिस्तानमा २००जना अमेरिकन एम्वेसी, ७०जना एसियाली विकास बैंक, २सय जना ब्रिटिश एम्वेसी, १२० विश्व बैंक, ७० अमेरिकन विश्व विद्यालय र अरुमा मिलाएर अझै १५०० बढी नेपाली कानुनी या गैर कानुनी रुपले बस्दै आएका छन्। अब उनीहरुको अवस्था के हुने हो ?

अफगानिस्तानमा नेपालीहरुको अवस्था कस्तो हुन्छ भन्नेबारे त्यहाँ पुगेर फर्केको मेरो आफ्नैं प्रत्यक्ष अनुभूति यहाँ राख्न चाहन्छु –

हामीलाई जब काबुल उतारियो सयौ जहाजका टुक्रा विमानस्थल वरपर छरपस्ट थिए। निकै जाडो हिउँले ढाकेका काला काला पहाड उराठ लाग्ने रुख बिरुवा नभएको, न भाषा बुझिन्छ नबोली। अग्ला अग्ला मान्छे छन्, निकै बलिया ज्युडाल परेका पुरुषहरु महिलाहरुको मुख देखिन्न बुर्खाले पुरै शरीर छोपेको। अरबी महिलाहरुको भन्दा भिन्दै निलो खालको बुर्खा लगाउने बाख्लो खाले आँखाको वरिपरी मात्र जाली बुनेर हेर्न सकिने खालको शायद त्यो ठाउँ अनुसार होला जाडो ठाउँ हुनाले होला जस्तो मलाई लाग्यो। त्यो रात हामी काबुलको वजिर अकवर खान सडक १३ मा बसाल्यो अर्को अर्को दिन हामीलाई गजनी लगेर बसल्यो । ठाउँ ठाउँमा एम्बुस थापेको निकै जोखिमपूर्ण यात्रा भयो । एक रात हामी गजनी बसेर अर्कोरात कलात बस बस्यौ कलातमा दुई रात बसियो। त्यहाँबाट हामी कन्धारको स्पिन बल्डग भन्ने ठाउँ गयौ। त्यो एसियाली बिकास बैंकको प्रोजेक्ट थियो भारतीय कम्पनीले पेटी ठेक्का परेको रहिछ। यो Side मा हामी बङाली, पाकिस्तानी, भारतीय, नेपाली, पन्जाबी, अफ्गानी गरी ४०० कमदार थियौ जहाँ सबैलाई ठगेको थियो सो कम्पनीले। तर मलाई भनेको तलब नदिएपछि म फर्किने निर्णय गरे । घर संपर्क हुन नसक्ने अनकन्टार ठाउँ, दिन रात हेलिक्याप्टरको आवाज, कुनबेला के हुने हो थाहाँ छैन। स्वास्थ्यको हिसाबले पनि निकै जोखिम। मलाई एक्लै संघर्ष गर्न सजिलो त थिएन तर म लडे त्यो कम्पनीको मालिकसँग । सिधै उसैले मलाई एसियाली विकास बैंकको प्रमुखको घरमा पठायो। त्यहाँबाट मलाई कामको दुख भएपनि सुरक्षाको हिसाव र स्वास्थ्यको हिसाबले सुरक्षित नै रहे।

बाहिर हजारौ नेपालीलाई सुनौलो मौका आएको थियो। २५०० यूएस डलरदेखि ५००० यूएस डलर कमाउने प्रलोभनमा नेपाली दलालहरु काठमान्डौदेखि दिल्लीका गल्ली गल्लीमा जाल थापेर बसेका थिए। धेरै मान्छेको घर बर्बाद बनाएका छन्। यहाँ राम्रो हावापानी, नजिकको गन्तब्य, राम्रो आम्दानी हुने आस देखाएर धेरै नेपालीलाई बिल्लिबाठ बनाएका घटना पनि छन्। मैले नै १३ जना नेपालीलाई जेलबाट छुटाएर पठाउन निकै संघर्ष गर्नु परेको थियो। दलालमाथि दलाली गर्दै कैदीमाथि दलाली लाग्ने रहिछन् यहाँ। लागु औषधको वसार पसार पनि गराए। नेपाली महिला दिदी बहिनीहरुलाई यहाँसम्म पुर्याइयो। शुरु शुरुमा यहाँ जान भिजाको कठिनाई थिएन। ३०४ पासवोर्ड लगेर नयाँ दिल्लीको चाणक्यपुरी अशोका होटेल गएपनि त्यहाँ अफ्गान दुतावासको कार्यालय थियो । त्यहीबाट सजिलै भिजा लिन सकिने। तर सोझा सिधा जनताको लागि जानकारी नहुने। त्यसको फाइदा दलालले उठाउथ्यो। अफ्गानिस्तानमा विदेशी कामदार चाहिए, जो सस्तो पारिश्रमिकमा काम गरोस् त्यो नेपाली नै ठीक हुन्थ्यो, इमान्दार पनि हुने। त्यहाँ सुप्रिम ब्लु रेड होटलजस्ता विदेशी सुपर मार्केटमा हजारौ नेपालीले काम गर्थे। नेपालीले नै रेस्टुराँ खोलेर डान्स बार चलाउँदा नेपालीले नै खुकुरी प्रहार गरी घाइते बनाएर रेस्टुराँ बन्द भएको थियो।

मैले काम गर्ने ठाउँ ग्रिन जोन जहाँ वैदेशिक कुटनीतिक नियोगभित्र सानो काम गरे पनि गाडीको प्लेट हेर्यो कि प्रहरीले पनि सलाम ठोक्ने यो कस्तो काइदाको ठाउँ हगि ? म जाबो भान्से । मंत्री, राजदुत नियोगका मुखियालाई राति मध्यपान गराउनेदेखि भोजन पनि गराउने मेरै जिम्मा। तर कसैले चिन्दैन र पो । ७ जना मुखिया बदलिए। १९ घन्टा उभिएरै काम गरियो। म र मेरो भाई जो मलाई सबै भन्दा प्रिय लाग्छ। हामी दुई भाईले बाहिर गएर धेरै कमाउने कम्पनी बदल्ने आश गरेनौ तर मरी मरी काम गरेर घर परिवारको लाईफ स्टाईल बदल्नेमा कुनै कमी राखेनौ।

यहाँ अमेरिकनहरुले बनाएको सुरक्षा घेरा छन् भनिन्छ तर खासमा यस्तो केही हुन्छ जस्तो मलाई लागेन। अस्ती रक्षामन्त्रीको घर उडाइदिए। सन् २०१० मा नेटोको मुख्यालयमा ट्रक बम हानेका थिए। त्यसैले त्यहाँ आज पनि अन्दाजी १५०० नेपाली होलान्, यो मेरो व्यक्तिगत धारणा हो । किनकि सरकारी आकडाअनुसार ६५०० थियो। जो पुरै अफ्गानिस्तान भरी यूनको कार्यक्रम रहँदा थियो ।आज कार्यक्रम जम्मा काबुल मै मात्र सीमित छ र त्यो पनि अमेरिका युके-नेटो-भारत सबैले फर्काउने कार्यक्रम चलेकोले नेपालीहरुलाई सुरक्षित फर्काउनु नेपाल सरकारको दायित्व हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार